Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कुरिनटार सामुदायिक भवनलाई फर्निचर र साउण्ड सिस्टम हस्तान्तरण

कुरिनटार सामुदायिक भवनलाई फर्निचर र साउण्ड सिस्टम हस्तान्तरण

images

इच्छाकामना न्युज

२२, आषाढ २०८३
कुरिनटार सामुदायिक भवनलाई फर्निचर र साउण्ड सिस्टम हस्तान्तरण
images

चितवन। इच्छाकामना गाउँपालिका–४ वडा कार्यालयले कुरिनटारस्थित सामुदायिक भवनको सुविधा विस्तारका लागि आवश्यक फर्निचर तथा साउण्ड सिस्टम हस्तान्तरण गरेको छ।

सामुदायिक भवनको प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले वडा कार्यालयले ९० वटा कुर्सी, दुई वटा टेबल, एक वटा दराज, एक वटा पोडियम, एक सेट पोर्टेबल साउण्ड सिस्टम तथा माइक भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो।

वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आयोजित कार्यक्रममा उक्त सामग्री भवन समितिलाई हस्तान्तरण गर्दै सामुदायिक पूर्वाधारलाई व्यवस्थित बनाउन वडा कार्यालय निरन्तर लागिपरेको बताए। उनले भवनलाई स्थानीयवासीको साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै प्रभावकारी रूपमा उपयोग गर्न आग्रह गरे।

वडा कार्यालयका अनुसार रु.३ लाख को बजेटबाट सामुदायिक भवनको रंगरोगनका साथै आवश्यक फर्निचर र ध्वनि सामग्री खरिद गरी उपलब्ध गराइएको हो।

स्थानीय समुदायलाई सभा, बैठक, तालिम तथा विभिन्न सामाजिक, सांस्कृतिक र सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ २२, २०८३ सोमवार - १३:२७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology