Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मन्त्री परिषद् पुनगर्ठनः अर्थमन्त्रीमा विष्णु पौडेल, मन्त्री पार्वत गुरुङको मन्त्रालय परिवर्तन

मन्त्री परिषद् पुनगर्ठनः अर्थमन्त्रीमा विष्णु पौडेल, मन्त्री पार्वत गुरुङको मन्त्रालय परिवर्तन

इच्छाकामना न्युज

२८, आश्विन २०७७
मन्त्री परिषद् पुनगर्ठनः अर्थमन्त्रीमा विष्णु पौडेल, मन्त्री पार्वत गुरुङको मन्त्रालय परिवर्तन

काठमाण्डौ, २८ असोज । मन्त्रिपरिषद पुनगर्ठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । १२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

images

सहरी विकास मन्त्रालयको जिम्मेवारी काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सिराहाका लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

यस्तै एक मन्त्रीको जिम्मेवारी समेत हेरफेर भएको छ । महिला बालबालिका मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरिएको हो । गुरुङलाई सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

mantri-thap-pic-745x1024.png

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १८:४३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology