Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गणेश नेपाली प्रकरण छानबिन गर्न सांसद राईको माग

गणेश नेपाली प्रकरण छानबिन गर्न सांसद राईको माग

इच्छाकामना न्युज

२६, आषाढ २०८३
गणेश नेपाली प्रकरण छानबिन गर्न सांसद राईको माग

काठमाडौं।श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

images
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘ २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय रु यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ । र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ ।’

राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध श्रमिकहरूको अवस्था पनि सदनमा उठाए । दिनभर मेहनत गरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकलाई पटक–पटक जरिवाना गरिनु उचित नभएको उनको भनाइ थियो । ट्राफिक नियम कार्यान्वयनसँगै सडक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले काठमाडौंका सडक र गल्लीहरूको वास्तविक अवस्था मन्त्रीहरूले स्वयं अवलोकन गर्नुपर्ने बताए ।

उनले भने, ‘ आज एउटा पठाओ राइडरले दिनमा कति कमाउँछ रु ५ सय, ७ सय, हजार रु अनि उनलाई हजार रुपैयाँको चाहिँ फाइन लाइदिछ, उसलाई पटक–पटक फाइन काट्यो भन्ने छ । र हामीले उनलाई कारबाही गराउँदाखेरि, ट्राफिक नियम हामीले चाहिँ कडाई गरिराख्दा खेरि आज हाम्रो बाटोघाटोको अवस्था के छ त रु म सरकारलाई आग्रह गर्न चाहन्छु, एकचोटी काठमाडौंको गल्ली–गल्ली र रिङरोड सबै सरकारका चाहिँ मन्त्रीहरु घुम्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।’

उनले पर्याप्त पूर्वाधार निर्माण नगरी कानुनको कडाइ मात्र गरिनु उचित नहुने धारणा राखे । साथै, ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू अवसरको खोजीमा काठमाडौं आउन बाध्य भएको उल्लेख गर्दै यस्ता समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताए ।

सांसद राईले गणेश नेपालीको घटनालाई एक व्यक्तिको मात्र नभई संघर्षरत हजारौं युवाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै श्रमिकको आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीचको असमानताप्रति पनि प्रश्न उठाए ।

images
प्रकाशित मिति :आषाढ २६, २०८३ शुक्रवार - १४:५३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology