Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी

चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी

images

इच्छाकामना न्युज

७, श्रावण २०८३
चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी
images

काठमाडौं। काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन्। बिहीबार बिहान करिब ११ः४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए। उनी विदेशी नागरिकसहित

चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए। पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन्। घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको छ।

नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीको टोली, सशस्त्र प्रहरी बलको दङ्गा रेजिमेन्टका टोली र नेपाली सेनाका श्री जगदल गणका टोलीले संयुक्त रूपमा नदीमा खोजी कार्य जारी राखेका छन्। बेपत्ता व्यक्तिको अवस्था खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १७:५४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology