Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै, चतुर्मास व्रत सुरु

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै, चतुर्मास व्रत सुरु

इच्छाकामना न्युज

९, श्रावण २०८३
आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै, चतुर्मास व्रत सुरु

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ ।

images

सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णुको शयनकालका यी चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

वैदिक परम्पराअनुसार एक वर्षमा २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने चलन छ । कामकाजका कारण नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा छ ।

धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएको छ ।

तुलसी रोपिएको स्थानमा हावा स्वच्छ रहने र विभिन्न रोगका कीटाणुको प्रभाव कम हुने विश्वास पनि गरिन्छ। वास्तुशास्त्रमा समेत तुलसीलाई शुभ र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)का दिन भगवान दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवन गरी चतुर्मास व्रतको समापन गर्ने परम्परा रहेको छ।

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - ०९:०८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology