Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते हुने

दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते हुने

इच्छाकामना न्युज

९, श्रावण २०८३
दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते हुने

चितवन । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिता असोजमा हुने भएको छ । प्रतियोगिता असोज १६ र १७ गते हुने भएको हो ।

मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता भरतपुरस्थित सिएमटी रिसोर्टमा हुनेछ । दुई दिन चल्ने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा हुनेछ । मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।  

४० वर्षमाथि मास्टर वेटसँगै पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुलामा पनि प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । प्रतियोगितामा ७० भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन् । खेलाडीहरु चितवन जिल्ला भित्रका हुनुपर्नेछ । स्थायी ठेगाना चितवन नभएका खेलाडीको हकमा कम्तीमा ५ वर्षदेखि चितवनमा बसोबास गरिरहेको प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस आवश्यक पर्ने गुरुङले बताए ।

मिस्टर चितवन ओभरअलमा विजेताले गोल्ड मेडलसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शारीरिक सुगठनमा विभिन्न तौल समूहका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको मिति घोषणासँगै तयारी तीव्र गतिमा भईरहेको छ । विभिन्न समिति बनाएर तयारी अघि बढाईएको संघले जनाएको छ । यस अघि २०८१ मा भएको प्रथम मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको उपाधि राजकुमार मानन्धरले जितेका थिए। 

images

images
प्रकाशित मिति :श्रावण ९, २०८३ शनिवार - १०:००:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology