चितवन, २८ असोज । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। चितवन सहित देशका केही जिल्ला उच्च जोखिममा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० जिल्ला ‘रेड जोन’मा रहेका छन्। चितवन लगायत १० जिल्लामा कोरोना संक्रमण धेरै रहेको छ।
रेड जोनमा रहेका १० जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, धनुषा, चितवन, सुनसरी, मोरङ, रौतहट, बाँके, रुपन्देही र कैलाली छन्। यी जिल्लामा संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।