Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा

इच्छाकामना न्युज

१३, श्रावण २०८३
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा

काठमाडौँ।नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो ।

images

बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो ।

बैठकले पारित गरेको निर्णयअनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ । यस्तै, श्रावण १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने निर्णय गरिएको छ ।

पार्टीले स्वर्गीय श्रेष्ठको सम्मानमा स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ ।

त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - ११:४७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology