Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

लायन्स र लियो देवघाटद्वारा मणिमुकुन्दसेन पार्कमा ५० भन्दा बढी बिरुवा रोपियो

लायन्स र लियो देवघाटद्वारा मणिमुकुन्दसेन पार्कमा ५० भन्दा बढी बिरुवा रोपियो

करिश्मा गुरुङ

१३, श्रावण २०८३
लायन्स र लियो देवघाटद्वारा मणिमुकुन्दसेन पार्कमा ५० भन्दा बढी बिरुवा रोपियो
images

देवघाट । देवघाटस्थित मणिमुकुन्दसेन पार्क परिसरमा लायन्स क्लब अफ देवघाट र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा लायन्स इन्टरनेशनलको ग्लोबल कज–वातावरण अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

images
images

बुधबार बिहान आयोजित कार्यक्रममा विभिन्न प्रजातिका ५० भन्दा बढी बिरुवा रोपिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चिफ पीएमजेएफ लायन ओमप्रकाश गौतमले वातावरण संरक्षणमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजमुखी र गुणस्तरीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

लायन्स क्लब अफ देवघाटका अध्यक्ष लायन अनिल मिश्रले सामाजिक तथा मानवीय सेवासँगै वातावरण संरक्षण,हरियाली प्रवर्द्धन र समुदायको हितमा केन्द्रित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सिना, रक्लस्टर–५ का सचिव पीएमजेएफ लायन सागर पराजुली, लायन्स क्लब अफ देवघाटका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन लायन्स आत्माराम पाण्डेलगायतको विशिष्ट उपस्थिति रहेको थियो।

त्यसैगरी लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष लियो आशिष कार्की, लियो सदस्य, लायन्सका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समाजसेवी र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै बिरुवाको संरक्षण र संवर्द्धनमा सबैको साझा जिम्मेवारी रहनेमा जोड दिएका थिए।

images
प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १६:५८:३४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology