काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको ऐतिहासिक विरासत भनेको सामाजिक सद्भाव कायम राख्नु भएकाले संवाद र सहमतिबाट समस्याको समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सुनसरीको परिस्थिति असहज हुन दिन नहुने र त्यसका लागि सबै पक्षले सामाजिक सद्भावलाई महत्व दिएर अघि बढ्नुपर्ने बताए । नेता दाहालले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनु पर्ने अवस्था थियो वा थिएन भन्ने विषय पनि सत्यतथ्य बाहिर आउनुपर्ने धारणा व्यक्त गरे।
प्रचलित संविधान, कानुन र व्यवहारअनुसार यस किसिमका घटनाको समाधान तथा व्यवस्थापन गर्ने कामको नेतृत्व प्रधानमन्त्रीबाट हुनुपर्ने धारणा व्यक्त गदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार बोलाएको सर्वदलीय बैठकलाई भने सकारात्मक कदमका रूपमा लिनुपर्ने बताए ।
अहिलेको असहज अवस्थामा पनि संवाद र सहकार्य हुन आवश्यक छ भन्दै पूर्वप्रधानमन्त्री दाहालले सरकारको नेतृत्वमा प्रमुख राजनीतिक पार्टीहरूबीचको एकता र सहकार्यबाट संवेदनशील समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गरे।