Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पाकिस्तानमा बेपत्ता नेपाली पर्वतारोहीको खोजी जारी, उद्धार टोली पठाउने तयारी

पाकिस्तानमा बेपत्ता नेपाली पर्वतारोहीको खोजी जारी, उद्धार टोली पठाउने तयारी

इच्छाकामना न्युज

१५, श्रावण २०८३
पाकिस्तानमा बेपत्ता नेपाली पर्वतारोहीको खोजी जारी, उद्धार टोली पठाउने तयारी

काठमाडौँ ।पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ । विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जालगायत वेपत्ता भएका छन् ।

images

बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।

ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएका हुन् ।पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र नेपालीहरु छन् ।

नेपालका सांसद मिङ्मा ग्याबु शेर्पाका अनुसार उनीहरूको खोजी कार्य जारी छ र नेपालबाट पनि टोली त्यतातर्फ जाने तयारी भइरहेको छ । ‘हामी निरन्तर अपडेट लिइरहेका छौं । थप जानकारी आएको छैन् । नेपालबाट पनि हेलिकोप्टर लिएर हामी त्यता जाने तयारी गरिरहेका छौं,’ शेर्पाले भने ।

images
प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार - ११:४०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology