काठमाडौँ सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू ग्यास सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर ग्यास पाउन हप्तौँसम्म कुर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ।
नेपाल आयल निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर वितरण गर्दै आएकोमा असार अन्तिमदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि माग बढेको र त्यसैको प्रभावले साउनको पहिलो सातादेखि बजारमा ग्यासको आपूर्ति प्रभावित भएको बताइएको छ।
यता, बजारमा उपभोक्ताले ग्यास नपाइरहेको गुनासो गरिरहँदा नेपाल आयल निगमले भने ग्यासको कुनै अभाव नरहेको दाबी गर्दै आएको छ। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासमा सेवाग्राहीको लामो लाइन देखिएको छ।
प्रकाशित मिति :श्रावण १५, २०८३ शुक्रवार -
१८:०६:०४ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।