काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने शेर्पा समुदाय पछि अन्य समुदायबाट पुर बहादुर गुरुङ ‘युक्त’ ले विश्व रेकर्ड कायम गरेका थिए । उनै युक्त गुरुङ बिहिबार पाकिस्तानको ब्राड पिक आरोहण गर्ने क्रममा हिमपहिरोमा परि अस्ताएका छन् ।
उक्त हिमपहिरोमा परी युक्त सँगै साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।
आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो । प्रधानमन्त्री बालेन शाहले ६ जनाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।