Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

निर्मल पुर्जासहितका पर्वतारोहीको निधनप्रति नेकपा (एमाले)द्वारा गहिरो दुःख व्यक्त

निर्मल पुर्जासहितका पर्वतारोहीको निधनप्रति नेकपा (एमाले)द्वारा गहिरो दुःख व्यक्त

इच्छाकामना न्युज

१७, श्रावण २०८३
निर्मल पुर्जासहितका पर्वतारोहीको निधनप्रति नेकपा (एमाले)द्वारा गहिरो दुःख व्यक्त

काठमाडौं ।नेकपा (एमाले) ले विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहितका पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख र शोक व्यक्त गरेको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी उनीहरूले ज्यान गुमाएको खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको एमालेले जनाएको छ ।

images
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ६ महिना ६ दिनमा आरोहण गरी नेपालको नाम विश्वसामु उच्च राख्न सफल नायक निर्मल पुर्जा र उनका साहसी सहयात्रीहरूको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

हिमपहिरोमा परी ज्यान गुमाउनेहरूमा निर्मल पुर्जासँगै पूर्वबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिण्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । एमालेले मृतक पर्वतारोहीहरूलाई ‘राष्ट्रका अमूल्य राष्ट्रिय धरोहर’ र ‘साहसी सन्तति’ को रूपमा चित्रण गर्दै उनीहरूले विश्वलाई साहस र सङ्कल्पको पाठ सिकाएको बताएको छ ।

वक्तव्यमा भनिएको छ,‘यो नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुःखद अन्त्य हो ।’ एमालेले दिवङ्गत निर्मल पुर्जा लगायत सम्पूर्ण पर्वतारोही सहयात्रीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

शोकको यस कठिन घडीमा एमालेले आफ्ना प्रियजन गुमाएका शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दै उनीहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०८३ आइतवार - १२:४७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology