Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

मिडिया नेपाल चितवनको अध्यक्षमा समीक्षा पुरी

मिडिया नेपाल चितवनको अध्यक्षमा समीक्षा पुरी

images

इच्छाकामना न्युज

६, चैत्र २०७७
मिडिया नेपाल चितवनको अध्यक्षमा समीक्षा पुरी
images

भरतपुर,चैत ५।चितवनमा राष्ट्रवादी विचारधारा बोकेका पत्रकारहरुको सहभागितामा मिडिया नेपाल चितवनको पुर्नगठन गरिएको छ । बिहीबार भएको कार्यक्रममा समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय मिडिया नेपाल चितवनको जिल्ला कार्यसमिति निर्माण गरिएको हो ।कार्यसमितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ । सदस्यहरुमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दिपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला बिक रहनुभएको छ । सल्लाहाकारमा दीपक पौडेल रहनुभएको छ ।वाग्मती प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रिना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति पुनर्गठन भएको हो । गुरुङले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै देशलाई पत्रकार मात्रै नभएर राष्ट्रवादी पत्रकारको खाचो रहेकोमा जोड दिनुभएको थियो । मिडिया नेपालका केन्द्रीय सदस्य शङ्कर निर्देशले सङ्गठनलाई चुस्त दुरुस्त बनाउन क्रियाशील भएर लाग्न सुझाव दिनुभयो । राप्रपा प्रदेश सदस्य ज्ञानुजङ्ग लामाले देशको चौथो अङ्ग पत्रकारले सत्य तथ्य समाचार लेखनमा कलम चलाउनुपर्ने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले देशलाई सकारात्मक र नकारात्मक कुन दिशामा लैजाने भन्ने पत्रकारको हातमा हुने बताउनुभयो । सिद्धान्तमा बसेर सकारात्मक भूमिका निर्वाहा बहन गर्नुपर्ने उहाँको भनाइ थियो ।मिडिया नेपाल चितवनका अध्यक्ष समीक्षा पुरीले मिडिया नेपाललाई मजबुत बनाउँदै राष्ट्रवादी पत्रकार जन्माउनतिर अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो । पत्रकारहरुको पेशागत सुरक्षा, हकहितको संरक्षण, पत्रकारहरुको क्षमता वृद्धि लगायतका काममा मिडिया नेपाल अग्रसर रहेने उहाँको भनाइ थियो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - ०५:५७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology