Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जागरण अभियान सञ्चालन गर्दै एमाले

जागरण अभियान सञ्चालन गर्दै एमाले

रासस

१८, श्रावण २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
images

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

images
images
पार्टीका प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण अभियान’ का केन्द्रीय प्रतिनिधिसँग आज भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ अभियान ल्याइएकाले प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताउनुभयो । पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता नवीकरणको समय सीमा अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिनुभयो । रासस

images
प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - १६:५६:०४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology