काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताएका छन् ।
विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उनले बताए । उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताए ।