Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नारायणगढमा भेटिएको २२ हजारसहितको पर्स फिर्ता गर्ने देवघाटका धनमाया र रनमाया सम्मानित

नारायणगढमा भेटिएको २२ हजारसहितको पर्स फिर्ता गर्ने देवघाटका धनमाया र रनमाया सम्मानित

इच्छाकामना न्युज

२१, श्रावण २०८३
नारायणगढमा भेटिएको २२ हजारसहितको पर्स फिर्ता गर्ने देवघाटका धनमाया र रनमाया सम्मानित
images

देवघाट। तनहुँको देवघाट गाउँपालिका–५ निवासी तरकारी कृषक दिदीबहिनी धनमाया गुरुङ र रनमाया गुरुङ नारायणगढमा भेटिएको नगदसहितको पर्स वास्तविक धनीलाई इमानदारीपूर्वक फिर्ता गरेपछि सम्मानित भएका छन्।

images
images

दैनिकजसो देवघाटबाट तरकारी बिक्रीका लागि नारायणगढ पुग्ने उनीहरू पुल्चोकस्थित एक फेन्सी पसल अगाडि व्यापार गरिरहेका बेला एक ग्राहकको पर्स झुक्किएर तरकारीको बोराभित्र परेको थियो। व्यापार सकेर घर पुगेपछि बोरा खोल्दा उनीहरूले उक्त पर्स फेला पारे। पर्सभित्र २२ हजार २५० रुपैयाँ नगद तथा अन्य महत्वपूर्ण कागजात थिए। कागजातका आधारमा पर्स नवलपरासीको गैँडाकोट नगरपालिका निवासी छलिमाया तिवारीको रहेको पुष्टि भएपछि धनमाया र रनमायाले सामाजिक अभियन्ता अर्जुन भुसालको सहयोगमा पर्स सुरक्षित रूपमा सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्।

खेतीपाती र तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आएका धनमाया र रनमायाले आर्थिक अवस्था सामान्य भए पनि अरूको सम्पत्तिमा लोभ नगरी इमानदारीको उदाहरण प्रस्तुत गरेका छन्।

उनीहरूको यस प्रशंसनीय कार्यको चौतर्फी सराहना भइरहेको छ। पर्सभित्र रहेको नगद र महत्वपूर्ण कागजात सुरक्षित रूपमा फिर्ता पाएको खुसी व्यक्त गर्दै छलिमाया तिवारीले धनमाया गुरुङ र रनमाया गुरुङलाई जनही ५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरेकी छन्।

images
प्रकाशित मिति :श्रावण २१, २०८३ बिहिवार - १५:०९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology