Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तीन महिनामा बैतडीका १७८ जनाले घरमै पाए राहदानी

तीन महिनामा बैतडीका १७८ जनाले घरमै पाए राहदानी

रासस

२३, श्रावण २०८३
तीन महिनामा बैतडीका १७८ जनाले घरमै पाए राहदानी
images

बैतडी। सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।

images
images

जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ । उहाँले भन्नुभयो, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ ।”

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवा प्रवाह गरिरहेको छ । रासस
 
 

images
प्रकाशित मिति :श्रावण २३, २०८३ शनिवार - १४:२९:४० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology