Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

चितवनमा भोलि भब्य रुपमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै

चितवनमा भोलि भब्य रुपमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै

images

इच्छाकामना न्युज

२३, श्रावण २०८३
चितवनमा भोलि भब्य रुपमा ३२औँ विश्व आदिवासी दिवस मनाइँदै
images

भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले ३२औँ विश्व आदिवासी दिवस भोलि (आइतबार) विभिन्न सांस्कृतिक कार्यक्रम तथा छलफल सहित भब्य रुपमा मनाउने भएको छ । 

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेफिन चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा नेफिन चितवनअन्तर्गत रहेका १६ वटा घटक संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्वभरका आदिवासी जनजातिले विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएका छन् । आदिवासी जनजातिको अधिकार, पहिचान र समानताका विषयमा आवाज उठाउने तथा राज्यलाई आफ्ना हकअधिकार सुनिश्चित गर्न दबाब दिने अवसरका रूपमा समेत यो दिवस मनाउने गरिएको छ ।

नेफिन चितवनका अनुसार कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै चितवनका आदिवासी जनजाति समुदायले भोग्दै आएका समस्या र तिनको समाधानका उपायबारे छलफल तथा बहस हुनेछ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट प्रभावित आदिवासी जनजाति समुदायका समस्या, उनीहरूको अधिकार र संरक्षणका नाममा समुदायमाथि परेको प्रभावका विषयमा समेत कार्यक्रममा छलफल गरिने जनाइएको छ ।

यसैबीच, नेफिनको संघीय समितिले काठमाडौंको खुलामञ्चमा विशाल कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ । संघीय समितिको परिपत्रअनुसार देशभरका जिल्ला शाखाहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

images
प्रकाशित मिति :श्रावण २३, २०८३ शनिवार - १७:४९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology