Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

अपाङ्गता भएका व्यक्तिको मुद्दा अझै ओझेलमा !

अपाङ्गता भएका व्यक्तिको मुद्दा अझै ओझेलमा !

images

इच्छाकामना न्युज

२६, श्रावण २०८३
अपाङ्गता भएका व्यक्तिको मुद्दा अझै ओझेलमा !
images

काठमाडौं । अपाङ्गता भएका व्यक्तिका सवाललाई नेपाली सञ्चारमाध्यमले पर्याप्त प्राथमिकता नदिएको सरोकारवालाले बताएका छन्। उनीहरूले अपाङ्गता भएका व्यक्तिलाई दयाका पात्रका रूपमा हेर्ने प्रवृत्तिका कारण उनीहरूको क्षमता, योगदान र अधिकारका विषयसमेत ओझेलमा परेको बताएका हुन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० द्वारा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ का क्रममा आयोजित ‘आमसञ्चारमा अपाङ्गता र आदिवासीको सवाल स् समावेशी सञ्चारका लागि सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा फोनिजका अध्यक्ष लक्की चौधरीले अपाङ्गता भएका व्यक्तिले घरभित्रैदेखि विभेद भोग्नुपरेको बताए। सञ्चारमाध्यमले उनीहरूका सवाललाई ‘ठूलो समाचार’का रूपमा समेत लिन नसकेको उनको भनाइ थियो।

“अपाङ्गता भएका व्यक्तिलाई घरभित्रै विभेद छ। सञ्चारमाध्यमले यसलाई कहिल्यै पनि बिग रिपोर्टिङको विषय बनाएन,” चौधरीले भने, “अबका दिनमा सञ्चारमाध्यमले यसतर्फ विशेष ध्यान दिनुपर्छ। अपाङ्गता भएका व्यक्तिले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन् भन्ने कुरा उजागर गर्न आवश्यक छ।”

सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० का अध्यक्ष अर्जुन गिरीले अपाङ्गता भएका व्यक्तिको समस्या र आवश्यकता बुझ्न उनीहरूकै सहभागिता निर्णायक तहमा आवश्यक रहेको बताए। पीडित वा प्रभावित व्यक्ति नै निर्णय प्रक्रियामा नपुगेसम्म उनीहरूका वास्तविक समस्या सम्बोधन हुन नसक्ने उनको भनाइ थियो।

त्यस्तै, क्रियाशील महिला पत्रकार ९ध्ध्व्० की अध्यक्ष रामकला खड्काले अपाङ्गता भएका व्यक्तिलाई अझै पनि समाजमा दयाका पात्रका रूपमा हेर्ने प्रवृत्ति रहेको बताइन्। यस्तो दृष्टिकोणले उनीहरूको क्षमता र सम्भावनालाई ओझेलमा पारिरहेको उनको भनाइ थियो।

“अपाङ्गता भएका व्यक्तिलाई दयाका पात्रका रूपमा हेर्ने गरिएको छ। त्यसले गर्दा उनीहरूको क्षमता पनि ओझेलमा परेको छ,” खड्काले भनिन्, “केही सकारात्मक परिवर्तन देखिए पनि त्यो पर्याप्त छैन।”

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ ९निडवान० नेपालकी अध्यक्ष डा। प्रतिमा गुरुङले नेपाली सञ्चारमाध्यमले अझै पनि समाजका विविध पक्षलाई समेट्न नसकेको टिप्पणी गरिन्। सञ्चारमाध्यमले राजनीतिक, आर्थिक र मनोरञ्जनका विषयलाई मात्रै प्रमुखता दिँदा अपाङ्गता भएका व्यक्तिसहित सीमान्तकृत समुदायका सवाल ओझेलमा परेको उनको भनाइ थियो।

“नेपालमा सञ्चारमाध्यमले समाजलाई अझै पूर्णरूपमा बुझ्न सकेको छैन। राजनीतिक, आर्थिक तथा मनोरञ्जनका विषयलाई मात्रै प्रमुख बनाइयो,” डा। गुरुङले भनिन्, “सञ्चारमाध्यमले आज पनि नबोले कहिले बोल्ने रु” छलफलमा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिका सवाललाई समाचारको विषयमात्रै नभई अधिकार, समानता, सहभागिता र सामाजिक न्यायको विषयका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए। सञ्चारमाध्यमले अपाङ्गतालाई सहानुभूति वा दयाको दृष्टिले नभई अधिकार र क्षमताको दृष्टिले प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ थियो।

उनीहरूले अपाङ्गता भएका व्यक्तिको सहभागिता बढाउने, उनीहरूको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्‍याउने तथा सञ्चारमाध्यममा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा सञ्चार क्षेत्रले थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यक्रमलाई कृष्णराज गहतराजले सहजीकरण गरेका थिए।

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १२:३८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology