Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा आगलागी पीडित गुरुङ परिवारलाई खाद्यान्न सहयोग

इच्छाकामना गाउँपालिकाद्वारा आगलागी पीडित गुरुङ परिवारलाई खाद्यान्न सहयोग

इच्छाकामना न्युज

२७, श्रावण २०८३
इच्छाकामना गाउँपालिकाद्वारा आगलागी पीडित गुरुङ परिवारलाई खाद्यान्न सहयोग
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाले आगलागी पीडित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको छ।

images
images

इच्छाकामना गाउँपालिका–६, ढालाका वीरबहादुर गुरुङको घरमा मंगलबार विद्युत् सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए।

घरमा रहेका दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीसमेत जलेर नष्ट भएपछि गाउँपालिकाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

घर पुनर्निर्माण तथा व्यवस्थापनका लागि आवश्यक जस्तापाता लगायतका निर्माण सामग्रीसमेत छिट्टै उपलब्ध गराइने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो।

आगलागीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै घर पुनर्निर्माणमा समेत गाउँपालिकाले आवश्यक सहयोग गर्ने अध्यक्ष गुरुङले बताउनुभयो।

images
प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १३:४८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology