Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना बिमा गरेकाहरुले अब बिमा वापतको रकम भुक्तानी नपाउने

कोरोना बिमा गरेकाहरुले अब बिमा वापतको रकम भुक्तानी नपाउने

इच्छाकामना न्युज

२८, आश्विन २०७७
कोरोना बिमा गरेकाहरुले अब बिमा वापतको रकम भुक्तानी नपाउने

काठमाडौं, २८ साउन । कोरोना बीमाको रकम अब बिमितले नपाउने भएका छन् ।

images

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको हो ।

कोरोना बीमा गर्नेहरुको बिमांक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बताए ।

यसअघि संक्रमण परीक्षणदेखि उपचारसम्मको सबै खर्च सरकारले व्यहोर्दै आएको थियो ।

संक्रमण पुष्टी भएका व्यक्तिहरुले कोभिड–१९ को उपचारको लागि खर्च गर्नु परेको थिएन ।

बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाइने व्यवस्था छ ।

यसअघिसम्म यस्तो दाबी भुक्तानी बिमितले नै पाउदै आएका थिए ।

कोरोना बीमामा सुरुमा १ लाख ५० हजार रुपैयाँ बिमांकको ल्याइएको भएपनि पछि संशोधन गरेर १ लाख रुपैयाँ बिमांकको मात्रै गर्न पाइने व्यवस्था मिलाइएको थियो ।

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १९:०८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology