Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चितुवा भरतपुरको बस्तीमा : स्थानीयवासीमा त्रास

चितुवा भरतपुरको बस्तीमा : स्थानीयवासीमा त्रास

इच्छाकामना न्युज

२९, श्रावण २०८३
चितुवा भरतपुरको बस्तीमा : स्थानीयवासीमा त्रास
images

चितवन । भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उसले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् ।

images
images

राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताए ।

पोथी चितुवाले आफ्ना बच्चालाई बाघबाट मात्र नभई भाले चितुवाबाट जोगाउनुपर्ने हुन्छ । भाले चितुवाले अरूको वा आफ्नै बच्चा भेटेमा मारिदिने खतरा रहन्छ । नियन्त्रणमा लिइएको एउटा चितुवा नौ महिना जतिको हो । अर्को माउ र बच्चा हुनसक्ने उनले बताए ।

चितुवा दुईदेखि तीन वर्षमा वयस्क हुन्छ । बच्चालाई एकदेखि दुई वर्षभित्रमा माउले छाड्ने र उनीहरू आफ्नो छुट्टै क्षेत्र बनाएर बस्ने गर्छन् । बच्चा हुर्काएपछि चितुवा एउटै स्थानमा बस्दैनन् । चितुवाको सरदर आयु १० वर्षको हुन्छ । चितुवा आफैँ लडेर मर्ने गरेका छन् । डिभिजन वन कार्यालय, चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवा नियन्त्रणका लागि दिउँसोमा ड्रोन, सिसी क्यामेरा जडान, खोर (केज) ट्रयापिङ र खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गरिएको जानकारी दिए ।

यसै क्रममा एउटा बच्चालाई अविनाश पोल्ट्री फार्मको झाडीबाट नियन्त्रणमा लिएलगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मेवारीमा सुम्पिएको छ । माउ चितुवा भने अर्को बच्चासहित बस्तीमै घुमिरहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाले चितुवा रुख चढ्ने भएकाले समाउन गाह्रो पर्ने बताए ।

उक्त जङ्गली जनावर प्रायः गाउँघर तथा बस्ती वरपरका सामुदायिक वनमा बस्दै कुकुरलगायत जनावरको सिकार गर्ने गर्छ । बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र बस्तीलाई सुरक्षित दिलाउन सबै प्रयास जारी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - १६:४६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology