चितवन। चितवनको भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा मध्यरातमा दुई समूहविच झै–झगडा तथा कुटपिट हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गयराति करिब १ः२० बजे क्लबमा दुई समूहबीच झै–झगडा तथा कुटपिट भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाएको जनाएको छ।