Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित

सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित

इच्छाकामना न्युज

१, भाद्र २०८३
सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित
images

घुर्केश (चितवन) । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमूलाई सम्मान गरेको छ। चितवनका  सञ्चारमाध्यममा पहिलोपटक तमू भाषामा समाचार प्रसारण गरेकी गौरीलाई चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा सम्मान गरिएको हो।

images
images

इच्छाकामना गाउँपालिका–२ स्थित घुर्कोश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले गौरीलाई सम्मानपत्र प्रदान गरे। एटजोनले तमू मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन र प्रसारण गर्ने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ। २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण भएको थियो।

सोही दिनको स्मरणमा एटजोनले हरेक वर्ष भदौ १ गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो। प्रसारण दिवसका अवसरमा यसअघि गोविन्द्र गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङ सम्मानित भइसकेका छन्। कार्यक्रम एटजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव चित्र सोल्टी गुरुङले गरेका थिए।

images
प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - १९:२२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology