आज पाँच सय रुपैयाँले घटेको छ।
हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज
पाँच सय रुपैयाँले घटेर तोलामा ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।