काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले अबदेखि आफूलाई थप भद्र, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै सांसद तामाङले भनिन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’