Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

ओलीलाई बास मिलाएर किरणले मुख्यमन्त्री पाएका होइनन्: महेश बस्नेत

ओलीलाई बास मिलाएर किरणले मुख्यमन्त्री पाएका होइनन्: महेश बस्नेत

इच्छाकामना न्युज

४, भाद्र २०८३
ओलीलाई बास मिलाएर किरणले मुख्यमन्त्री पाएका होइनन्: महेश बस्नेत
images

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई बसोबासको व्यवस्था मिलाएकै कारणले किरण थापा मगरलाई मुख्यमन्त्री बनाएको भन्दै हल्ला झूटो भएको बताएका छन्। उनले गलत प्रचार गर्नेहरू तथ्य र प्रमाणसहित आउन चुनौती दिएका छन्।

images
images
उनले भनेका छन्, ‘पार्टीभित्र उच्चतम एकता कायम गर्दै संसदीय दलको सर्वसम्मत बैठकबाट जेएन थपलियालाई संसदीय दलको नेता कायम राख्दै किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने समझदारी भएपछि, विरोध गर्ने कुनै आधार नपाएर केपी शर्मा ओलीको बसोबास व्यवस्थापनलाई लिएर किरणले मुख्यमन्त्री पद पाएको भन्ने झुटा हल्ला फैलाइएको छ।’

नेकपा एमाले, नेकपा र राप्रपाको समर्थन थापा मुख्यमन्त्री नियुक्त भएपनि केही असन्तुष्ट पक्षहरूले गलत रूपमा प्रस्तुत गर्दै भ्रम फैलाउने प्रयास गरिरहेको दाबी गरेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनपछि ओलीलाई गुण्डुस्थित विष्णु श्रेष्ठको घर भाडामा लिएर अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको उनको भनाइ छ।

उनले थपेका छन्, ‘अहिले नेकपा एमाले र नेकपाबीच कार्यगत एकता गर्ने सहमति भएसँगै प्रदेश तहमा सरकार निर्माणको प्रक्रिया अघि बढेको छ। सोही क्रममा बागमती प्रदेश सरकार गठन तथा नेतृत्वको विषयमा संसदीय दलका नेता जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी छलफलका क्रममा हुँदै नभएका कुरा अध्यक्षले हप्काएको, उहाँ लडेको, ढलेको, बेहोस भएको जस्ता पूर्णतः काल्पनिक र भ्रामक प्रचारसमेत गरिएको छ।’

एमाले लाखौँ समर्थक, शुभचिन्तक र कार्यकर्ता भएको पार्टी भएकाले अध्यक्षको बसोबास व्यवस्थापन गर्नु सामान्य र मानवीय जिम्मेवारी भएको बताएका छन्।

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - १४:३३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology