Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

इच्छाकामना न्युज

५, भाद्र २०८३
गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग
images

काठमाडौं।तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

images
images
प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।
प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् ।

‘गरिमा चौधरी तीन वर्षीया बालिका हुन् । उनको बलात्कारपछि हत्या भयो । उनको न्यायका लागि र आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवाज उठाउन हामी विरोध प्रदर्शनमा आएका हौं,’ उनले भनिन्, ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । अब हाम्रो आवाज बन्द हुँदैन । कानुन निर्माण तथा संशोधन नभएसम्म सरकारसमक्ष हाम्रो आवाज पुर्याइरहन्छौं ।’

त्यस्तै, अर्की प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन् । ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । यो कुरा सरकारले सुन्नैपर्छ । सबैका घरमा छोराछोरी छन् । यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ,’ उनले भनिन् ।

प्रदर्शनमा सहभागी अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । ‘महिलामाथि असाध्यै अन्याय भइरहेको छ । माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन । सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन ।’

प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १३:२५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology