Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गण्डकी गाउँपालिकाको कार्यालय बनटार सार्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

गण्डकी गाउँपालिकाको कार्यालय बनटार सार्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

इच्छाकामना न्युज

५, भाद्र २०८३
गण्डकी गाउँपालिकाको कार्यालय बनटार सार्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
images

गोरखा । गण्डकी गाउँपालिकाको केन्द्र वडा नं ६ स्थित बनटारमा कायम रहने भएको छ । बनटारमै कायम गर्ने गाउँ कार्यपालिकाको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको हो । 

images
images

गाउँ कार्यपालिकाले गाउँपालिकाको केन्द्र वडा नं. ६, बनटारमा सार्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। उक्त रिटमाथि बिहिवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट खारेज गर्ने फैसला गरेको हो।
रिट खारेज भएसँगै गण्डकी गाउँपालिकाको केन्द्र वडा नं. ६, बनटारमा कायम गर्ने कार्यपालिकाको निर्णयले कानुनी मान्यता पाएको छ ।

यसअघि केन्द्र सार्ने निर्णयलाई चुनौती दिँदै दायर भएको रिट नं. ०७९–WO–०२७७ मा डिल माया राना (थापा मगर) समेत निवेदक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी रहेका थिए। सर्वोच्च अदालतको विवरणमा उक्त मुद्दाको फैसला ‘रिट खारेज’ भएको उल्लेख छ। सर्वोच्चको आजको फैसलासँगै गण्डकी गाउँपालिकाको केन्द्रसम्बन्धी लामो समयदेखि चल्दै आएको कानुनी विवाद टुंगिएको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०८३ शुक्रवार - १५:२२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology