इच्छाकामना। चितवनको इच्छाकामना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको विदाई कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा लामो समयदेखि इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका चन्द्रकान्त बस्नेत त्रिवेणी गाउँपालिका,नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सरुवा भई जानुभएकोमा विदाई गरिएको हो। त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौंबाट इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिई आउनुभएका लोक राज खत्रीलाई स्वागत गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडा नं.४ का अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा नं. ५ का अध्यक्ष तेज बहादुर शेरचनसहित गाउँपालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बस्नेतको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो भने नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।