Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गरिमा प्रकरणमा दोषी उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गरिमा प्रकरणमा दोषी उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता

रासस

६, भाद्र २०८३
गरिमा प्रकरणमा दोषी उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता
images

गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै उनले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेखेका छन् । 

images
images

“हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो”,भन्दै गृहमन्त्रीले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै सरकारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।

आरोपितहरूलाई तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उनले बताएका छन् । प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले फेसबुकमार्पmत स्पष्ट गरेका छन् । रासस

images
प्रकाशित मिति :भाद्र ६, २०८३ शनिवार - १३:३९:०६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology