भरतपुर । इच्छाकामना गाउँपालिका ६ ढाला थामडाँडाका अग्नि पिडितलाई सुनचरी देवी युवा समाज द्वारा आर्थिक सहयोग प्रदान गरेको छ । केहिदिन अघिमात्रै घरमा बिद्युत सर्ट भइ आगलागीबाट पुर्ण रुपमा घर नष्ट भएको बिर बहादुर गुरुङलाई सुनचरी देवी युवा समाजका युवाहरु मिलेर आर्थिक सहयोग गरेको हो ।
विपद्को बेला सानो सहयोगले ठुलो राहत मिल्छ भन्ने हेतुले युवाहरुले आर्थिक सहयोग गरेको समाजले बताएको छ । युवा समाजबाट पिडितलाई नगद ३२ हजार ७ सय पन्चानब्बे रुपैयाँ आर्थिक सहयोग गरेको छ ।