मुग्लिन। गरिमा चौधरीको न्यायका लागि सरकारलाई दबाब दिन इच्छाकामना जेसीआई लगायत विभिन्न संघसंस्था तथा स्थानीय समुदायको संयुक्त पहलमा आज मुग्लिनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ।
गरिमामाथि भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिन, सिर्जनशील महिला जागरण केन्द्र, कर्तव्यनिष्ठ महिला समाज, सामुदायिक सेवा केन्द्र, होटल व्यवसायी लगायत विभिन्न संघसंस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले न्यायको पक्षमा आवाज उठाउँदै गरिमाका लागि निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रम सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण संघसंस्था, सुरक्षाकर्मी, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।