Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आँपटारीमा तीन सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

आँपटारीमा तीन सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

इच्छाकामना न्युज

७, भाद्र २०८३
आँपटारीमा तीन सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
images

भरतपुर । चितवनमा तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीमा आइतबार बिहान तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।

images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा ठोक्किएको थियो । दुर्घटना मामोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधन नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - १०:४६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology