बेलायतमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित भई साथ सहयोग तथा समाचार सम्प्रेषण गर्ने सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुम काजी गुरुङ,वरिष्ठ उपाध्यक्ष पर्सु गुरुङ,उपाध्यक्ष कमल गुरुङल गायत पदाधिकारी,आमा समूहका प्रतिनिधि तथा बेलायतवासी नेपालीहरूको सहभागिता रहेको थियो।
आयोजक मिन गुरुङले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई चलचित्र ‘पेन्सन पट्टा’ लाई माया, साथ र सहयोग गरिदिन आग्रह गरेका छन्। चलचित्र १२ सेप्टेम्बर दिउँसो २:३० बजे प्रदर्शन हुने जनाइएको छ। लाइसेन्ससम्बन्धी व्यवस्थाका कारण १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कार्यक्रममा नल्याउन समेत आयोजकले अनुरोध गरेको छ।