Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरेटो कन्सल्टेन्सीद्वारा बाढीपीडितका लागि १० लाख ५१ हजार सहयोग

गोरेटो कन्सल्टेन्सीद्वारा बाढीपीडितका लागि १० लाख ५१ हजार सहयोग

इच्छाकामना न्युज

१२, भाद्र २०८३
गोरेटो कन्सल्टेन्सीद्वारा बाढीपीडितका लागि १० लाख ५१ हजार सहयोग
images

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

images
images

बाढीका कारण आफन्त गुमाएका, घाइते तथा घरबारविहीन बनेका नागरिकको पीडामा साथ दिन सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले बताउनुभयो।

कँडेलले विपत्तिको समयमा ठूलो सहयोग गर्न नसके पनि प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको बताउनुभयो।

गोरेटो कन्सल्टेन्सीका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावितको पीडामा साथ दिन सहयोग अभियानमा जोडिएको बताउनुभयो।

गोरेटोले आफ्नो सहयोगलाई आर्थिक सहयोगमा मात्र सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको मानवीय ऐक्यबद्धताको सन्देशका रूपमा लिएको जनाएको छ। साथै, विपत्तिको समयमा सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिले ती क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १५:१४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology