Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पहिचान नखुृलेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने

पहिचान नखुृलेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने

इच्छाकामना न्युज

१३, भाद्र २०८३
पहिचान नखुृलेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने
images

चितवन । चितवनमा फेला परेका पहिचान नभएका तथा बेवारिसे शवलाई डीएनए परीक्षणका लागि नमुना संकलन गरेपछि जमिनमुनी व्यवस्थापन गरिने भएको छ।

images
images

रसुवामा आएको बाढीबाट चितवनसम्म आइपुगेका शवहरुको व्यवस्थापनमा चुनौति देखापरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव सड्ने र दुर्गन्ध फैलिने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका–२०८३’ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। 

शवहरूको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखेर भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा जमिनमुनी व्यवस्थापन गरिने भएको छ। विषम परिस्थितिमा गरिएको निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन चितवन प्रशासनले आग्रह गरेको छ।

गत भदौ १० गते रसुवामा आएको बाढीका कारण चितवनमा हालसम्म २३३ शव फेला परेका छन्। तीमध्ये ४ शवको मात्र सनाखत भएको छ भने २२९ शव अस्पताल तथा होल्डिङ सेन्टरमा राखिएका छन्। चितवन उद्योग संघसँग जोडिएको औद्योगिक प्रतिष्ठानमा राखिएका ८० शवको डीएनए नमुना संकलन भइसकेको छ। पहिलो चरणमा ती शव देवघाटमा व्यवस्थापन गरिनेछ।

हाल ७ फरेन्सिक चिकित्सक, ७ दन्त चिकित्सकसहित ४० जनाको टोली डीएनए नमुना संकलनमा खटिएको छ। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्थायी शव केन्द्रमा रहेका सबै शवको डीएनए नमुना संकलन भइसकेकाले अब ती शव देवघाट पठाएर व्यवस्थापन गरिनेछ।

 

 

images
प्रकाशित मिति :भाद्र १३, २०८३ शनिवार - ११:१४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology