Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपालमा बाढीको पूर्वजानकारी दिने गुगलको सेवा सुरु

नेपालमा बाढीको पूर्वजानकारी दिने गुगलको सेवा सुरु

इच्छाकामना न्युज

१३, भाद्र २०८३
नेपालमा बाढीको पूर्वजानकारी दिने गुगलको सेवा सुरु
images

काठमाडौँ। बाढी तथा अन्य विपद्का जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालमा आपत्‌कालीन सूचना सेवा सुरु गरेको छ। गुगलले होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ छुट्टै लिंक उपलब्ध गराएको हो।

images
images

जसमार्फत पछिल्लो बाढीको अवस्था, जोखिम क्षेत्रसम्बन्धी जानकारी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारर हेर्न सकिने व्यवस्था गरिएको छ। सेवामा बाढीसम्बन्धी गुगलको ‘फ्लड अलर्ट’सँगै प्रभावित क्षेत्र देखाउने नक्सा पनि समावेश गरिएको छ। यसले बाढीको जोखिममा रहेका स्थान पहिचान गर्न तथा त्यहाँको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ।

गुगलका अनुसार आपत्‌कालीन सूचनाको उद्देश्य सम्बन्धित सरकारी निकायबाट जारी हुने बाढीको पूर्वसूचना र चेतावनीलाई डिजिटल माध्यमबाट छिटो सर्वसाधारणसम्म पुर्‍याउनु हो।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ। विशेषगरी बाढीको जोखिममा रहेका क्षेत्रमा रहेका नागरिकले समयमै चेतावनी प्राप्त गर्दा सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानतर्फ जान सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय नेपालमा बाढी, पहिरो र आकस्मिक विपद्का घटना बढिरहेका बेला गुगलको यो सेवा आपत्‌कालीन अवस्थामा सूचना प्रवाह गर्ने थप डिजिटल माध्यमका रूपमा प्रयोग हुने देखिएको छ।


images
प्रकाशित मिति :भाद्र १३, २०८३ शनिवार - १२:०२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology