Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न ८२ सुरक्षाकर्मी खटिए

त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न ८२ सुरक्षाकर्मी खटिए

इच्छाकामना न्युज

१३, भाद्र २०८३
त्रिशूली–३ ‘ए’को सुरुङ खोल्न ८२ सुरक्षाकर्मी खटिए
images

काठमाडौँ। रसुवास्थित त्रिशूली–३ ‘ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसको उद्धारका लागि सुरुङको मुख खोल्ने कार्य तीव्र पारिएको छ। 

images
images

दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। यही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप गति दिइएको जनाएको छ। 

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको जनाएको छ। 

सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन आइतबार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ। यो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।

यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन ९रेकी० गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

images
प्रकाशित मिति :भाद्र १३, २०८३ शनिवार - १४:३५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology