काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन्।
प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १५८ वटा शव फेला परेका छन्न भने नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपद्का क्रममा २७ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेका छन् ।
यसैगरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ। जसमा रसुवामा ६७६, नुवाकोटमा १६२२ र धादिङमा ३ जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १४० रहेको नेपाल प्रहरीले जनाएको छ।