Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने तयारी

भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने तयारी

रासस

१६, भाद्र २०८३
भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने तयारी
images

काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने सम्भावित स्थानको अध्ययन सुरु गरेको छ । महाशाखाका बाढीविद् सौहार्द जोशीले सम्भव भए रसुवागढी, स्याफ्रुबेँसी र बेत्रावती क्षेत्रमा जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययनका लागि टोली त्यस क्षेत्रमा पुगिसकेको राससलाई जानकारी दिनुभयो ।

images
images

भोटेकोशी बाढीका कारण यसअघि राखिएको स्वचालित जलमापन केन्द्र बगेपछि नयाँ केन्द्र स्थापनाका लागि सम्भावित स्थान पहिचान गर्न स्थलगत अध्ययन भइरहेको उहाँको भनाइ छ । “अहिले सम्भावित स्थानको अध्ययन गरिरहेका छौँ । खोलाको नजिक र सुरक्षित तथा केही उचाइमा गरी दुई वटा जलमापन केन्द्र राख्ने विषयमा छलफल भइरहेको छ”, जोशीले भन्नुभयो ।

उहाँका अनुसार हाल दुई वटा सम्भावित स्थान पहिचान गरी दुवै क्षेत्रको स्थलगत अवस्था हेरिँदैछ । बाढीको जोखिमलाई ध्यानमा राख्दै जलमापन केन्द्र खोलाको सतहभन्दा केही माथि सुरक्षित स्थानमा राख्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

बाढीविद् जोशीले नयाँ केन्द्रबाट इन्टरनेटमार्फत महाशाखालाई बाढीको अवस्था र जलसतहसम्बन्धी नियमित रूपमा तथ्याङक प्राप्त हुने व्यवस्था मिलाइने जानकारी दिनुभयो । बाढीको जोखिम तथा सम्भावित क्षतिको पूर्वानुमान गर्न लामो अवधिको बाढी पुनरावृत्ति सम्भावनालाई समेत ध्यानमा राखेर जलमापन केन्द्र स्थापनाको स्थान छनोट गरिने उहाँले बताउनुभयो । रासस

 
 

images
प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - १७:०६:०० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology