Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रसुवा भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

रसुवा भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

रासस

२२, भाद्र २०८३
रसुवा भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार
images

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

images
images

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ भने चार हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन् । हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७२ जनाले उपचार सेवा लिएका प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विभिन्न अस्पतालमा उपचाररत ३२३ मध्ये २२८ जना डिस्चार्ज भएका छन् । त्यस्तै नेपाली सेनाबाट तीन हजार ३७९ जना र सशस्त्र प्रहरीबाट दुई हजार ९७० जनाले स्वास्थ्य उपचार सेवा लिएका उहाँले जानकारी दिनुभयो । विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको जनाएको छ । रासस

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - १६:३४:२५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology