Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

त्यो भदौको आन्दोलन, यो भदौको बाढी : कहिल्यै नदोहोरियोस्

त्यो भदौको आन्दोलन, यो भदौको बाढी : कहिल्यै नदोहोरियोस्

इच्छाकामना न्युज

२३, भाद्र २०८३
त्यो भदौको आन्दोलन, यो भदौको बाढी : कहिल्यै नदोहोरियोस्
images

गौरी तमू । धूमिल सूर्यको किरणसहितको त्यो सपनाजस्तो बिहान । केही शंका, आशा अनि सन्त्राससहितको बिहान । कुहिरोभित्र माछापुच्छे हराइरहेको बिहान । अघिल्लो साँझ लागेकै थिएन कि यो बिहानसँग यसरी साक्षात्कार होला भन्ने । 

images
images

२३ भदौ सदाझैँ विद्यालयको नियमित ड्युटीमा नै थिएँ । यत्तिकैमा मोबाइलमा एक परिचित मित्रको म्यासेज आयो– काठमाडौंमा त जेन–जीले संसद भवन नै कब्जा गरिसके नि १’ सुरुमा त विश्वास नै लागेन । देशको राजधानी काठमाडौं । यतिका सुरक्षाकर्मीको घेरामा रहने संसद भवन कसरी कब्जा हुन सक्छ रु 

फेरि सोचेँ, यस्तो गम्भीर सूचना त्यो पनि सञ्चारगृहकै विश्वसनीय मित्रले भनेपछि केही त पक्कै भयो होला भनेर जब मोबाइल चेक गरेँ, सामाजिक सञ्जालभरि नेपालको संसद भवन जलिरहेको फोटो, भिडियोहरू आइरहेका थिए । तत्‌क्षण एआई भिडियो हो कि रु भन्ने शंका भए पनि यो सत्य नै हो भन्ने निष्कर्षमा पुग्न समय नै लागेन । 

हेर्दाहेर्दे संसद भवनसँगै छानीछानी नेताहरूका घरघरमा आगजनी, तोडफोड र नेताहरूको भागदौडका दृश्य अकल्पनीय थिए । आफैँले भोट दिएर पठाएका अधिकांश नेताहरूका भ्रष्टाचारी प्रवृत्ति र गैरजिम्मेवारपनले जनतामा छाएको चरम निराशा र असन्तुष्टिको विस्फोट अन्तर्राष्ट्रिय साक्षरता दिवस ९२३ भदौ० जेन –जी आन्दोलनको रूपमा देशैभर फैलिँदै थियो । 

देशको संसद भवन जलिरहँदा म विद्यालयको नियमित ड्युटीमै थिएँ । दिउँसो १ बजे खाजा खाने समयसम्म ४ जना जेन–जी आन्दोलनमा मारिए भन्ने दुःखद समाचार सुनियो । ४ः०० बजे विद्यालय छुट्ने समयसम्म यो संख्या बढेर ९ जनासम्म पुग्यो । 

सञ्जालमा रगतको आहालमा लडेका लासहरू र घाइतेहरूको फोटो, भिडियोले मन सम्हाल्नै गाह्रो भयो । हातगोडा लल्याकलुलुक भए । जसोतसो विद्यालयबाट घर त आइपुगियो तर हिजोका दिनमा झैँ नियमित घरायसी काममा मन नै गएन । यो के हुँदैछ रु अब के हुने हो रु भन्ने संशयमिश्रित मनले भनिरहेथ्यो– ‘के नै मागेका थिए र यिनले रु सत्ताले नाति पुस्ताका रगतमा होली खेलेर यो सत्ता टिकाउँछु भन्ने कति दम्भ र अटेरीपन देखाएको होला रु किन तिनका वरपर बस्नेहरूले उनलाई समयमै सम्झाउन नसकेका होलान् रु’

मजस्तो सामान्य नागरिकको मनमा समेत पटकपटक यही सोच आइरहेको थियो कि जतिसक्दो चाँडो सरकारमा भएकाहरूले राजीनामा दिए अवस्था योभन्दा बढी बिग्रँदैनथ्यो कि १ तर त्यस्तो भएन, म मिनेट मिनेटमा मोबाइल चेक गर्थें । न्युज च्यानलहरू सर्च गर्थें । कतै सरकारबाट केही सम्बोधन आयो कि रु तर, सरकार टसमस थिएन । 

करिब डेढ दर्जन जेन–जीहरूको हत्यापश्चात् साँझपख गृहमन्त्रीको राजीनामा आयो तर अझै प्रधानमन्त्रीको राजीनामा आएन । त्यसको भोलिपल्ट जेन–जी आन्दोलनले अझै उग्र रूप लियो । यहीबीचमा सरकारद्वारा १९ भदौमा बन्द गरिएको सामाजिक सञ्जाल खुलिसकेको थियो । तर, अब जेन –जीहरू नियन्त्रणबाहिर थिए । सन्तान गुमाउने परिवारसहित देश नै गहिरो शोक र आक्रोशमा डुबेको थियो । सरकारले कर्फ्यु घोषणा गरको थियो । तर, अब आन्दोलनकारीलाई कर्फ्युको परवाह थिएन । स्वतस्स्फूर्त रूपमा आन्दोलन झन्‌झन् उग्र रूपले चर्किंदै गयो । 

२४ भदौको बिहान ८ः०० नबज्दै जेन–जी आन्दोलनले निषेधित क्षेत्र तोडेर उग्र रूप लिँदै गरेका दृश्यहरू सञ्जालभरि देखिए । सबैभन्दा पहिला नेताका घरहरूमा आगजनी र तोडफोड । त्यसपछि सरकारी कार्यलयहरूमा तोडफोड र आगजनीका घटनाले सन्नाटा थप्दै गयो । विद्यालयहरू नखुल्ने सूचना आयो । काठमाडौं, पोखरा, विराटनगरलगायत देशैभरका सरकारी कार्यालयहरू र नेताहरूका घर तोडफोडको खबर आउँदासम्म पनि प्रधानमन्त्रीको राजीनामा आएको थिएन । 

संसद भवन, सिंहदरबार, संसद भवन, भाटभटेनी जल्दै गर्दा र पूर्वप्रधानमन्त्री देउवापत्नीलाई आक्रमण गर्दासम्म भने प्रधानमन्त्रीको राजीनामा आइसकेको थियो तर अब अवस्था नियन्त्रणबाहिर गइसकेको थियो । यस्तो लाग्थ्यो– जेन–जी आन्दोलनकारीलाई मृत्युसँग अब कुनै डर छैन । ठाउँठाउँमा आगजनी र तोडफोड बढिरहेका थिए ।

यसैबीच सेनाले नेताहरूलाई रेस्क्यु गरिसक्यो भन्ने खबर पनि आइरहेका थिए । देशका अन्य ठाउँमा जस्तै पोखरामा पनि नगरपालिका भवन, प्रहरी बिटदेखि जिल्ला प्रहरी कार्यलय, जिल्ला अदालत, मालपोत र सबै वडा कार्यलयहरूमा आगजनी भइरहेको टेलिभिजनमा देखिन थाले । दिनभरजसो नेताका परिवारबाहेकलाई त्यति असुरक्षित महसुस नभए पनि साँझपख भने जेन–जी आन्दोलन जेन–जीहरूकै नियन्त्रणबाहिर गइसकेको देखिन्थ्यो । यस कारण पनि एकातर्फ जेन– जीहरूले विजयोत्सव मनाइरहँदा अर्कोतर्फ साँझ पर्दै जाँदा व्यक्तिगत सम्पत्तिहरूमा तोडफोड बढिरहेको थियो । 

सधैँ शान्त, सुन्दर र स्निग्ध रहने पोखराका ठाउँठाउँमा विस्फोटका आवाजसहित कालो धुवाँका मुस्लाहरू आकाशमा मडारिइरहेका थिए । लेकसाइडका केही होटलमा आगजनी भइरहेको खबरले जेन–जी आन्दोलनका नाउँमा अराजक तत्त्वको प्रवेश भइसकेको बुझ्न कठिन थिएन ।

साँझ पर्दै गर्दा पृथ्वीचोकदेखि दक्षिण अमरसिंहतिरको मेन हाइवेमा उच्छृङ्खल जमात बिनाहेल्मेट बाइक पड्काउँदै सडकमा फलामका रड, काठका मुङ्ग्रा घिसार्दै डरलाग्दो स्पिडमा ओहोरदोहोर गरिरहन्थे । केही हुल मोटरसाइकल होटल टास्कको ठीक अघि रोकिएर फोनमा बोल्दै यता होटलतिर हेर्दा पनि अब आक्रमण गर्न लागे कि भन्ने डरले मुटु चिसो हुन्थ्यो । 

२४ भदौको रातिको झरीले धुवाँले भरिएको पोखराको आकाश खुलेको थियो । संसद भवन, सिंहदरबार, भाटभटेनीदेखि नेताका घर, गाडी, सर्वोच्च अदालत जलिसकेको यो बिहान सपनाजस्तो थियो ।अब नयाँ आशा र सपनाका साथ ब्युँझँने बिहान थियो ।

त्यो यस्तो डरलाग्दो अवस्था थियो कि देश नेतृत्वविहीन र नियन्त्रणबाहिर गइसकेको थियो । यस्तो लाग्थ्यो, नेताहरूका अकर्मण्यताले अनाहकमा जनता यो शोक र सन्त्रास भोग्न अभिशप्त छन् । अघिल्लो दिनदेखि नै काठमाडौंका केही ठाउँमा लुटपाट र बलात्कारका घटना भएको भन्ने खबरले छुट्टाछुट्टै कोठामा सुत्ने गरेका छोरीहरूलाई आफ्नै कोठामा ल्याएर सुताएकी थिएँ । त्यस्तो बेलामा उनीहरूले ुकेही हुन्न ममी, हामी हाम्रै रुममा सुत्छौँु भन्दा पनि आमामनले नमान्ने रहेछ । 

देश आगोको मुस्लो र रगतको तालसँगै नेतृत्वविहीन भइसकेको थियो । सुरक्षाकर्मी प्रहरीहरूले आत्मसर्मपण गरिसकेका थिए । २३ भदौमा जेन–जीहरूलाई मारेको आक्रोशमा आदेश दिएका भनिएका डीएसपीलाई बीच सडकमा बीभत्स तरिकाले हत्या गरिएको थियो । 

यहीबीच पृथ्वीचोकको लखन थापाको सालिक हटाएर पृथ्वीनारायण शाहको सालिक राखिएको थियो । जेन–जीको आन्दोलन भनिए पनि यी गतिविधिले यसमा कसले घुसपैठ गरिररहेको छ भन्ने बुझ्न सकिन्थ्यो । 

देशको यस्तो विषम परिस्थितिमा कतिबेला सेनापतिले सम्बोधन गर्लान् र सेना सडकमा सुरक्षा दिन आऊला भन्ने लागिरहन्थ्यो । योबीचमा सेकेन्डसेकेन्डमा कतिबेला सरकारले सम्बोधन गरेको न्युज आऊला भनेर मोबाइल र टीभी सर्च गर्थें । घरी बाहिर निस्किएर सडकतिरका हुल हेर्थें । घरी भित्र आएर महत्त्वपूर्ण कागजात र केही सामानहरू एउटा सानो झोलामा प्याकिङ गर्थें । 

अचानक होटलमा आगजनी र तोडफोड भइहालेमा आफ्नो विद्यावारिधिको फाइल भएको ल्यापटप, नागरिकता, सबै शैक्षिक डकुमेन्टहरूसम्म निकाल्न पाए यस्तो बेला अरु कुनै चीजको मोह नहुने रहेछ । ज्यान बच्नु नै ठूलो कुरा हुने रहेछ । देश, विदेशबाट आफन्तजनले अवस्था कस्तो छ भनेर कल, म्यासेज गरिरहेका थिए । 

यसरी चिन्ता गर्नुको प्रमुख कारण थियो, होटल टास्कमा समयसमयमा कांग्रेस, माओवादी र एमालेका शीर्षस्थ नेताहरू विभिन्न भेटघाट र कार्यक्रमका दौरान आइरहन्थे । त्यस्ता होटलहरूलाई खोजीखोजी आक्रमण गरिरहेका थिए । अहो १ त्यो कति त्रासदीपूर्ण समय थियो । यत्तिकैमा जब करिब ९ः३० तिर प्रधानसेनापतिले राष्ट्रको नाउँमा सम्बोधन गरे ।

देश प्रधानमन्त्रीविहीन, गृहमन्त्रीविहीन र प्रहरी प्रशासनविहीनको अवस्थामा यो सम्बोधनले राहतको महसुस भयो । त्यसपछि सेनाले १० बजेपछि कोही पनि घर बाहिर ननिस्कनू भनेर सूचना जारी गर्‍यो । जब यो सूचना आयो, अघि भर्खरसम्म सडकमा होहल्ला गरिरहेका अराजक तत्त्वहरू सुनसान हुँदै गए । अब भने हामीलाई के कन्फर्म भयो भने जेन–जीका नाउँमा अरु कुनै तत्त्वले तोडफोड र लुटपाट गरिरहेको छ । त्यसपछि भने मिनजी र दुई छोरीहरू पनि लेकाली चुलो र होटलको अवस्था हेर्न तल झरे ।

त्यतिबेलासम्म छोरो फारम, युवराजलगायत होटलका स्टाफहरू पनि होटल आक्रमणमा कोही हातहतियारसहित आइलागे जाइलाग्ने तयारी अवस्थामा बसिरहेका थिए । किनकि उनीहरू कन्फर्म भइसकेका थिए कि अब पनि कोही आगजनी र लुटपाट गर्न आउँछन् भने ती असली जेन–जी होइनन् । जेन–जीका नाउँमा लुटेराहरू हुन् । 

देशको सुरक्षाको जिम्मा सेनाले लिइसकेको थियो । सडकमा, टोलटोलमा रातभर सेनाको गस्ती बढ्दो थियो । सामाजिक सञ्जालमा सेनामाथि अनेक शंकाहरू थपिँदै थिए । कोही भन्थे– ुअब नेपालमा सेनाले शासन चलाउँछ ।ु कोही भन्थे, ‘जेन–जी आन्दोलनमा विदेशीको चलखेल छ । नेपाल सन् १९७५ मा सिक्किम सकिएजसरी सकिन्छ ।’

यस्ता अफवाहले मनमा यस्तो सन्त्रास बढेको थियो कि कतै अघिल्लो साँझ सुत्दा नेपालमा र भोलि बिहान ब्युँझँदा अर्के देशमा त हुँदिनँ रु हुन त म जागा बस्दैमा के नै हुन्थ्यो र रु तर पनि मनमा यस्तो किन लागिरह्यो कुन्नि रु त्यो रात म निदाउनै सकिनँ ।

जब मिरमिरे उज्यालोमा ३ बजेपछि पर छिमेकतिर ुकुखुरी काँु आवाज आयो, तब मात्रै झिमिक्क भएछु । जब ५ः१५ तिर झल्याँस्स ब्युझेँ । म मेरै देश, मेरै पोखरामा र मेरै बिस्तारामा रहेछु । हतारहतार झ्याल खोलेँ । फेवातालमाथिको शान्ति स्तुपा उस्तै शान्त र स्निग्ध थियो । पञ्चासे डाँडाँ अडिग उभिएकै थियो । माछापुच्छ्रे सदाझैँ उही सानका साथ मुस्कुराइरहेको थियो ।

काहुँ डाडाँ, सराङकोट, भलाम, कृस्ती सबै यथावत्, उस्तै थिए । अहो १ मेरो देश यथावत् छ । मेरो देश छ भन्न पाउनुको सकून संसारको अरु कुनै बहुमूल्य चीजसँग तुलना हुनै नसक्ने थियो । मलाई जीवनमा पहिलोपटक मेरो देश नेपालको यति धेरै माया र चिन्ता लाग्यो, यतिवेला त्यतिबेलाका यी शब्दहरू र वाक्यहरू थपघट गर्दा नि त्यो क्षण सम्झेर भावुक हुन पुगेछु । २४ भदौको रातिको झरीले धुवाँले भरिएको पोखराको आकाश खुलेको थियो । संसद भवन, सिंहदरबार, भाटभटेनीदेखि नेताका घर, गाडी, सर्वोच्च अदालत जलिसकेको यो बिहान सपनाजस्तो थियो ।अब नयाँ आशा र सपनाका साथ ब्युँझँने बिहान थियो ।

२५ भदौको बिहान पनि सेनाहरू सडकमै थिए । जेन–जी समूहले देशको नेतृत्व कसलाई दिने भन्नेबारेमा घन्टौँ भर्चुअल वार्ता गरिरहेको थियो । प्रधानमन्त्रीका लागि सुशीला कार्की, कुलमान घिसिङ र हर्क साम्पाङका नामहरू समाचार र सामाजिक सञ्जालमा चर्चामा थिए ।

एकातर्फ नेतृत्वविहीन जेन –जी समूहको वार्ताले निष्कर्ष निकाल्न सकिरहेको थिएन भने अर्कोतर्फ देशमा संकटकाल लाग्दै छ । सेनाले सत्ता कब्जा गर्दै छ, राजा फर्कंदै छन्, विदेशी शक्तिहरूबाट देश खतरामा छ भन्ने आशंका र सन्त्रासबीच जेलबाट भागेका कैदीहरूले समाजमा पुनः चोरी डकैती र बलात्कारका घटना घट्दै छन् भन्ने समाचारहरूले मन बेचैनीको अवस्थामा थियो । न समयमा खान सकिएको थियो, न समयमा सुत्न सकिएको थियो । 

जेन–जीहरूले जतिसक्दो चाँदो वार्ता र छलफल टुंग्याएर देशलाई नेतृत्व दिए हुन्थ्यो भन्ने लागिरहँदा वार्ता र छलफल भने लम्बिइरहेको थियो ।

अन्ततः सुशीला कार्की देशको प्रधानमन्त्रीमा नियुक्त भएपछि भने केही राहतको महसुस भयो । त्यो भदौको जेन–जी आन्दोलनले संविधान, नेतृत्व र देश हुनुको महत्त्व सिकाएर गएको वर्ष दिन नपुग्दै यो भदौले भोटेकोसी बाढीसँगै जीवनमा सत्ता, सम्पत्ति, पद, प्रतिष्ठा केही होइन । जीवनको मूल्य अमूल्य जीवन नै हो भन्ने कुरा सिकाएर गएको छ ।

आउँदो नेपाली पुस्ताले त्यो भदौ र यो भदौ कहिल्यै भोग्न नपरोस् । सम्पूर्ण जेन–जी शहीदहरू र रसुवा बाढीमा दिवंगत हुनुभएकाहरूप्रति भावपूर्ण श्रदाञ्जली ।

images
प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - ११:५१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology