Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने

कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने

images

इच्छाकामना न्युज

२८, भाद्र २०८३
कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने
images

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी नयाँ ट्र्याक खोलिएको छ। गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको हो।

भासिएको खण्डमा २ सय ५२ मिटर लामो नयाँ ट्र्याक खोलेर अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएलगत्तै ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। ‘अहिले सडक सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारी छ,बिहीबारदेखि दुईतर्फी नै सवारी साधन खुल्ला गर्छौं,’ महानिर्देशक जैसीले भने।

सडक भासिएको सात दिनपछि भदौ २० गते ‘डाइभर्सन ट्र्याक’ खोलिएको थियो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागले छिटो काम सक्न नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारीपत्र एमओयू गरेर यो ट्र्याक निर्माण अघि बढाएको थियो। हाल विभागको प्राविधिक टोली कृष्णभीरमै खटिएर काम गरिरहेको छ।

नयाँ ट्र्याक खुलेपछि यात्रुवाहक बस,ग्यास बुलेट,पेट्रोलियम पदार्थ बोकेका गाडी लगायत सबै सवारी साधनलाई सहज रूपमा आवतजावत गर्न दिइने विभागले जनाएको छ। काठमाडौं प्रवेश गर्ने ‘लाइफलाइन’ मानिने यो सडक अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तु ढुवानीमा ठूलो समस्या परेको थियो।

यस क्षेत्रको दीर्घकालीन समाधानका लागि पारिपट्टिबाट सडक सुधारको कामसमेत भइरहेको छ। त्यसको स्थायी विकल्पका रूपमा सुरुङमार्ग वा पुल के बनाउने भन्नेबारे प्राविधिक अध्ययन भइरहेको महानिर्देशक जैसीले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १६:४२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology