कास्की । गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा रोशनी गुरुङ चयन भएको छ । शनिबार पोखरामा सम्पन्न मञ्चको चौथो महाधिवेशनले रोशनी (रोश्मी) गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ चयन भएका छन् ।
कार्यसमितिको एक सदस्य भने पहिलो बैठकबाट मनोनीत गरिने मञ्चले जनाएको छ ।
अधिवेशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ, पोखरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीजङ्ग गुरुङ र गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङलाई सम्मान गरिएको थियो ।