Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु,अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु,अझै पहिचान खुलेन

इच्छाकामना न्युज

६, आश्विन २०८३
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु,अझै पहिचान खुलेन
images

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा चालकको निधन भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए । 'उहाँको उपचारका क्रममा निधन भएको छ,' उनले भने । 

images
images

घिमिरेकाअनुसार चालकको परिचय खुलेको छैन । उनको साथबाट भेटिएको लाइसेन्समा काभ्रेका २५ वर्षीय दावा लामा लेखिएको छ । तर दावा लामाले आफू सकुशल रहेको भनेपछि गाली चालक को थिए र उनको परिचय के हो भनेर अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । 

रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बर बसमा सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा आगलागी भएको थियो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको अनुमान छ । आगलागीअघि चालकसँग ट्राफिक प्रहरीको विवाद भएको थियो । घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पाँच सदस्यीय समिति गठन गरेको छ।

images
प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - १०:१३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology