Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

झापा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

झापा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

रासस

६, आश्विन २०८३
झापा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
images

भद्रपुर(झापा) । झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ । गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा बढेर ८८ पुगेको हो । दुर्घटना परी साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन् । साउनमा ४० जना घाइते भएकामा भदौमा उक्त सङ्ख्या १३५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ ।

साउनमा भएका ३९ दुर्घटनामध्ये ३० र भदौमा भएका ८८ मध्ये ७८ दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए । यात्रुको हेलचेक्रयाइ, सडकको अवस्था सवारीसाधन र चौपायाका कारण पनि दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारी चेक जाँच गर्दा दुई हजार २३२ सवारीसाधन कारबाहीमा परेकामा त्यसबाट रु २३ लाख सात हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - १५:४४:५० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology