Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमु समाज यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

तमु समाज यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

इच्छाकामना न्युज

८, आश्विन २०८३
तमु समाज यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग
images
काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि तमु समाज यूकेले प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
 
तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले गृहमन्त्री सुधन गुरुङलाई भेट गरी उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।
 
बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजका तर्फबाट प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको माया गुरुङले जानकारी दिइन्।
 
सहयोग रकम ग्रहण गर्दै गृहमन्त्री गुरुङले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गरेकोमा तमु समाज यूकेलाई धन्यवाद दिए।
819812565_10175811525900651_8753251859061384668_n.jpg
सो अवसरमा तमु समाज यूकेको तर्फबाट गृहमन्त्री गुरुङलाई खादा, माला, फेटा, भाङ्ग्रा तथा गलवन्दी लगाएर सम्मान गरिएको थियो।
प्रतिनिधिमण्डलमा समाजकी आमा समूह अध्यक्ष माया गुरुङसहित विष्णुमती गुरुङ, माया गुरुङ र चन्द्रबहादुर गुरुङ सहभागी थिए।
सहयोग हस्तान्तरण कार्यक्रमको आवश्यक व्यवस्थापन तमु समाज यूकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र कोषाध्यक्ष चन्द्रकान्त गुरुङले गरेका थिए। गृहमन्त्रीसँग भेटको समन्वय भने बोरो अफ स्वीडनका काउन्सिलर ज्ञान गुरुङले गरेका थिए।
 
तमु समाज यूकेको संस्थागत यात्रा
तमु समाज यूकेले आफ्नो संस्थागत विकास र सामाजिक सक्रियतालाई निरन्तर अघि बढाउँदै आएको छ। ७ जुलाई २०१२ मा सम्पन्न वार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तन गरी तमु समाज यूके राख्ने निर्णय गरेको थियो।
 
त्यसपछि १० डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा समाज आधिकारिक रूपमा दर्ता भएको हो। तत्कालीन अध्यक्ष चित्रबहादुर गुरुङ, शिवबहादुर गुरुङलगायत नेतृत्वकर्ताहरूको मार्गदर्शनमा अघि बढेको समाजले बेलायतमा नेपाली तथा तमु समुदायसँग सम्बन्धित सामाजिक गतिविधिमा निरन्तर सक्रियता देखाउँदै आएको छ।
 
समाजले सामाजिक सेवा, समुदायको हित तथा आपत्कालीन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यअनुरूप विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। पछिल्लो सहयोग पनि सोही सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रदान गरिएको हो।

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १८:५५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology